प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दैछ ।

बैठक आइतबार मध्याह्न १२ बजे पेरिसडाँडामा बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उक्त बैठकमा संसद् विघटनविरुद्ध माघ ९ गते गरेको प्रदर्शनको समिक्षा र थप आन्दोलनका कार्यक्रमबारे छलफल हुनेछ ।

याे पनि पढ्नुस  निर्वाचन आयोगप्रति प्रचण्ड–नेपाल समूह असन्तुष्ट, प्रवक्ता श्रेठले किन सोधे यी ५ प्रश्न ?

साथै बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोधिएको तीन दिने स्पष्टीकरण, पार्टीको महासचिव चयन, प्रदेश सरकारको अवस्थालगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।

कमेन्ट गर्नुहोस्