प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदैछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा गत सातादेखि सुनुवाइ भइरहेको छ । यो मुद्दामा हालसम्म ३४ जना कानुन व्यवसायीले बहस गरिसकेका छन् ।

याे पनि पढ्नुस  पौडेलको चेतावनीः संसद् विघटनलाई सर्वोच्चले सदर गरे मुलुक अफगानिस्तान हुन्छ

आज रिट निवेदक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतका तर्फबाट कानुन व्यवसायीले बहस गर्दैछन् । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा निवेदन दर्ता भएका छन् ।

संवैधानिक इजलासले समयको ख्याल गरी सुनुवाइको लागि वकिलहरूका लागि निश्चित समय निर्धारण गरी बहस गराइरहेको छ ।

याे पनि पढ्नुस  विद्यार्थीको प्रदर्शनमा प्रहरीद्धारा कुटपिट, संघर्ष समितिको निन्दा

कमेन्ट गर्नुहोस्