प्रतिनिधिसभा विघटन असंवैधानिक भनेर कराइरहेकाहरू संविधान विरोधी हुन्ः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन असंवैधानिक भयो, अलोकतान्त्रिक भयो भनेर कराइरहेकाहरू संविधान विरोधी, लोकतन्त्र विरोधी, देश विरोधी र जनविरोधी भएको बताएका छन् ।

अपाङ्गता भएका व्यक्तिहरूसँग आज राजधानीमा भएको साक्षात्कार कार्यक्रममा प्रधानमन्त्री ओलीले बहुमतको सरकार तोडेर जोड जामको सरकार बनाउने र अस्थिरता ल्याउन खोजेकाले ताजा जनादेशमा जानुपरेको बताए ।

याे पनि पढ्नुस  फुटको संघारमा नेकपा, समाधान के ?

प्रधानमन्त्री ओलीले निर्वाचनमा जाने निर्णय गरेकाले कसरी मेरो कदम तानाशाही हुन्छ, सांसद खरिद बिक्रीमा लागेर पदमा बसिरहन खोजेको हो र तानाशाही हुने भनी उल्टै प्रश्न गरे ।

प्रधानमन्त्री ओलीले आगामी निर्वाचनबाट देशको अहितमा काम गर्नेहरूलाई जनताले ठेगान लगाउने बताए ।

याे पनि पढ्नुस  चैत्र ९ गतेदेखि बन्द हुने र नहुने सेवाहरू के–के हुन् ? (सूचिसहित)

प्रधानमन्त्री ओलीले अपाङ्गता भएका व्यक्तिहरूको साथमा सरकार रहेकाले उच्च मनोबलका साथ आ–आफ्नो क्षेत्रमा अगाडि बढ्न आग्रह गरे ।

कमेन्ट गर्नुहोस्