बालिका बलात्कार गरी फरार रहेका भारतीय पक्राउ

वीरगंज । वीरगंजमा शनिवार बालिकालाई बलात्कार गरी फरार रहेका भारतीय नागरिकलाई पर्सा प्रहरीले आज पक्राउ गरेको छ ।

भारत विहार थाना पलनवा ग्राम पञ्चायत लौकरिया वडा नं.५ स्थायी घर भई वीरगंजमा साथीको घरमा डेरा खोज्ने बहानामा आइपुगेका ३५ वर्षीय नेहाल मियाँलाई शनिवार राति बालिकालाई बलात्कार गरी फरार रहेकोमा पर्सा प्रहरीले अभियुक्तलाई आज बिहान बीरगंजबाट पक्राउ गरेको छ ।

याे पनि पढ्नुस  लागूऔषधसहित दुई पक्राउ

पक्राउ परेका मियाँविरुद्ध आज पर्सा जिल्ला अदालतमा जर्बजस्ती करणी मुद्दामा म्याद थप गरी थप अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता मनोजित कुँवरले जानकारी दिए ।

साथीका घरमा आएका अभियुक्त मियाँले रातको समयमा बालिकालाई बलात्कार गर्दा उनी चिच्याएपछि घर परिवारले थाहा पाएको र घटनापछि अभियुक्त फरार भएको कुँवरले जानकारी दिए ।

याे पनि पढ्नुस  जबर्जस्ती करणी मुद्दाका फरार दुई जना छ वर्षपछि पक्राउ

बालिकाका बुवा र अभियुक्त नेहाल मियाँ साथी भएको र उनी कोठा खोज्न भन्दै साथीको घरमा पाहुना भएर बसेका थिए ।

सोही क्रममा शनिबार राति बालिकालाई जर्बजस्ती करणी गरेको प्रहरीको भनाइ छ । सुरुमा जर्बजस्ती करणी प्रयास भएको भन्ने खबर प्रहरीलाई आएको भए पनि पछि बालिकाको स्वास्थ्य जाँच गराउँदा चिकित्सकले करणी नै भएको प्रारम्भिक जानकारी दिएको प्रवक्ता कुँवरले बताए ।

याे पनि पढ्नुस  ३२ वर्षको उमेरमा हत्या, ६८ वर्षमा पक्राउ र ९८ वर्षसम्म बस्नेछन् जेल !

कमेन्ट गर्नुहोस्