२७० सङ्क्रमित थपिँदा ४०३ निको, मृतक संख्या २ हजार नाघ्यो

काठमाडौं । नेपालमा २७० जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ६९ हजार ४५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै जानकारी दिएको छ । तीमध्ये हाल तीन हजार ३१२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

याे पनि पढ्नुस  आज १७ कोरोना संक्रमितको मृत्यु

पछिल्लो चौबीस घण्टामा ४०३ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ६४ हजार १३७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ७ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ । सोसँगै नेपालमा कोभिडबाट मृत्यु हुनेको संख्या दुई हजार एक जना पुगेको छ ।
छन् ।

याे पनि पढ्नुस  एप्पलका स्टोर चीनबाहेक अन्य देशमा बन्द

हाल तीन हजार ३१२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ भने तीन हजार ३१२ जना आइसोलेशनमा र १४५ जना क्वारेन्टिनमा छन् ।

 

कमेन्ट गर्नुहोस्