कोभिड–१९ विरुद्धको खोप माघ १४ गतेदेखि लगाइने, निर्धक्कका साथ लगाउन अपील

काठमाडौं । नेपालमा कोभिड–१९ विरुद्धको खोप माघ १४ गतेदेखि दिने तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रथम चरणको खोप अभियानको विषयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेश त्रिपाठीले निर्धकसाथ खोप लगाउन सम्बद्ध पक्षलाई अपिल गरे ।

याे पनि पढ्नुस  ४१९ संक्रमित थपिए, ६ जनाको मृत्यु

उनका अनुसार सातवटै प्रदेशका ६२ वटा अस्पताल र एकसय २० वटा खोप केन्द्रबाट खोप लगाउन शुरू गरिने र सो अभियानको माघ १४ गते प्रधानमन्त्री केपी शर्माले शुभारम्भ गर्नेछन् । माघ १८ गतेभित्र देशका तीनसयवटा खोप केन्द्रबाट खोप दिइनेछ ।

१० दिनसम्म चल्ने यस अभियानमा चार लाख ३० हजार व्यक्तिलाई खोप दिने तयारी रहको छ । भारत सरकारले हालै दिएको ‘कोभिसिल्ड’ तीनपटकसम्म सफलतापूर्वक परीक्षण भएकाले निर्धकतापूर्वक खोप लगाउन हुन उनले अपिल गरे ।

याे पनि पढ्नुस  स्वास्थ्य मन्त्रालयले भन्यो, ‘धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि भएको छैन’

कमेन्ट गर्नुहोस्