बीबीएलमा होबार्टको सातौँ जित, आज पनि सन्दीपको उत्कृष्ट प्रदर्शन

काठमाडौं : अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल)अन्तर्गत सिड्नी सिक्सर्सविरुद्ध होबार्ट हरिकेन्स ७ रनले विजयी भएको छ ।

होबार्टको जितमा कप्तान म्याथ्यू वेड, डार्सी सर्ट, नाथन इल्स, स्टकट बोल्याण्ड र सन्दीप लामिछानेको महत्वपूर्ण योगदान रह्यो ।

मेलबर्नमा होबार्टले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको सिड्नीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८० रन बनायो ।

उसका लागि जोर्डन सिल्कले ७८, कप्तान मोइसेस हेनरिक्सले ४३, जोश फिलीपले १२, डानियल ह्युजले ११ रन बनाए ।

बलिङमा नाथन इल्सले ३, स्कट बोल्याण्ड, सन्दीप लामिछानेले २/२ र रिले मेरिडेथले एक विकेट लिए ।

याे पनि पढ्नुस  बीबीएलः होबार्टविरुद्ध स्टोइनिसको शानदार अर्धशतक

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको होबार्टले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८८ रन बनायो ।

उसका लागि कप्तान म्याथ्यू वेड र डार्सी सर्टले उत्कृष्ट ब्याटिङ गरे । कप्तान वेडले ४४ बलमा १० चौका र तीन छक्कासहित ८६ र डार्सीले ५२ बलमा सात चौका र तीन छक्कासहित ७२ रन बनाए ।

त्यस्तै, डेविड मलानले ११ रन बनाउँदा अन्यले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

याे पनि पढ्नुस  बीबीएलः १० औँ म्याच खेल्दै मेलबर्न स्टार्स, प्लेइङ ११ मा सन्दीपको सम्भावना कति?

बलिङमा शन एबट, ज्याक बल, बेन द्वाह्युचले २/२ र डानियल क्रिस्टियनले एक विकेट लिए ।

सिड्नीविरुद्ध यस्तो रह्यो सन्दीपको चार ओभर

सिड्नी सिक्सर्सविरुद्ध होबार्ट हरिकेन्समा आवद्ध नेपाली लेगस्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । उनले आज चार ओभरमा महत्वपूर्ण २ विकेट लिएर २४ रन खर्चिए ।

सन्दीपले आफ्नो तेस्रो ओभरको चौथो र पाँचौ बलमा कप्तान हेनरिक मोइसेस र स्टार अलराउन्डर डानियल क्रिस्टियनको विकेट लिए ।

मोइसेसलाई सन्दीपले ४३ रनमा क्याच आउटको सिकार बनाए । क्रिस्टियनलाई भने उनले शून्य रनमै क्लिन बोल्ड गरे ।

याे पनि पढ्नुस  बीबीएलः मेलबर्नले पायो १४३ रनको लक्ष्य, सन्दीपको उत्कृष्ट कमब्याक

सन्दीपले आज पहिलो ओभरमा बिनाविकेट ८, दोस्रो ओभरमा बिनाविकेट ६, तेस्रो ओभरमा २ विकेटसहित ८ र अन्तिम ओभरमा बिनाविकेट ३ रन खर्चिए ।

योसँगै जारी सिजनमा सन्दीपले ७ म्याच खेल्दा ८ विकेट लिएका छन् ।

आजको जितसँगै होबार्ट पाँचौ स्थानमा उक्लिएको छ । आजको जितले होबार्टले प्लेअफमा पुग्ने सम्भावना जिवितै राखेको छ । अब उसले लिग चरणको अन्तिम खेल मंगलबार मेबर्न रेनेगेड्सविरुद्ध खेल्ने छ ।

कमेन्ट गर्नुहोस्