काठमाडौं : काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाको साधारण सदस्यबाट समेत हटाइएको छ ।
आज बसेको नेकपा प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठकले प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष ओलीलाई साधारण सदस्यबाट हटाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
संसद् विघटनपछि प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठकले ओलीलाई अध्यक्षबाट हटाएको थियो । त्यसपछि साधारण सदस्यबाट किन नहटाउने भन्दै ओलीलाई तीन दिने स्पष्टिकरण सोधिएको थिए । स्पष्टिकरण नदिएपछि उक्त समूहले ओलीलाई नेकपाको साधारण सदस्यबाट समेत हटाएको हो ।
बैठकले माघ ९ गते संसद् विघटनविरुद्ध भएको प्रदर्शन सफलता पूर्वक सम्पन्न भएको निष्कर्ष निकालेको छ ।
भोलि सोमबार संसद् विघटनविरुद्ध आन्दोलनकाथप कार्यक्रम घोषणा गरिने प्रवक्ता श्रेष्ठले बताए ।