नेकपा आधिकारिकता विवादको टुंगो लगाउन निर्वाचन आयोगको बैठक जारी

काठमाडौं : निर्वाचन आयोगले नेकपाको आधिकारिकता विवादको टुंगो लगाउने तयारी गरेको छ । नेकपाको आधिकारिकता टुंगा लगाउन कान्तिपस्थित आयोगको कार्यालयमा बैठक जारी रहेको निर्वाचन आयोगका उच्च एक अधिकारीले जानकारी दिए ।

पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजित भएको छ । एउटा समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड र माधव नेपालले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन् ।

याे पनि पढ्नुस  निर्वाचन आयोगलाई दिइयो ओलीलाई अध्यक्षबाट हटाइएको जानकारी

प्रचण्ड-नेपाल समूहले आधिकारिकता र चुनाव चिह्नको दाबी गर्दै आएको छ । ओलीलेसमेत आफ्नो हस्ताक्षर बिनाका कुनै पनि निर्णय आधिकारिक नभएको दाबी गर्दै आएका छन् ।

प्रतिनिधिसभा विघटन भएपछि प्रचण्ड-नेपाल समूहले आयोगमा पार्टीका बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित आफ्नो आधिकारिकता दाबी गरेका छन् । ओलीले भने आफूले नेतृत्व गरेको नेकपा नै आधिकारिक भएको भन्दै कतै दाबी नै गर्नु नपर्ने बताउँदै आएका छन् ।

याे पनि पढ्नुस  राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा

ओलीमाथि अनुशासनको कारबाही गर्दै आएको प्रचण्ड-नेपाल समूहले आइतबार मात्र पार्टीको साधारण सदस्यबाट हटाएको छ। आइतबार बसेको प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठकले ओलीलाई साधारण सदस्यबाट हटाउने निर्णय गरेको हो ।

कमेन्ट गर्नुहोस्