विप्लव नेकपाका नेता अनिल विरही रिहा

काठमाडौं : नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेता अनिल शर्मा विरही रिहा भएका छन् ।

जिल्ला अदालत मोरङले उनलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । शर्मा २३ वैशाखमा भरतपुर अस्पताल, चितवनमा उपचारकै क्रममा पक्राउ परेका थिए ।

त्यसयता उनलाई अदालतले छाड्ने र प्रहरीले पक्राउ गर्ने क्रम १३ पटकसम्म चलेको थियो । शुक्रबार काभ्रे जिल्ला अदालतबाट साधारण तारेखमा रिहा गरेपछि उनलाई दोस्रोपटक मोरङ पुर्‍याइएको थियो ।

याे पनि पढ्नुस  विप्लव नेकपाका २ जिल्ला इन्चार्जसहित ६ कार्यकर्ता पक्राउ

कमेन्ट गर्नुहोस्