भाइरल अर्जुन विकः कैलालीबाट बालिका अपहरण, काठमाडौंमा बन्धक बनाएर ३ वर्षसम्म बलात्कार !

धनगढी । बालिकालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा कैलाली प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका–२ साँडेपानीका २४ वर्षीय छित्ता भन्ने अर्जुन विक रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार उनले गएको २०७३ मा भजनी नगरपालिका–४ की एक १३ वर्षीया बालिकालाई अपहरण गरी काठमाडौं पुर्याएका थिए । उनले बालिकालाई काठमाडौं उपमहानगरपालिका–१० स्थित डेरामा गएको साउनसम्म बन्धक बनाएर शारीरिक शोषण गरेको र डेरामै छोडेर फरार भएको जनाइएको छ ।

याे पनि पढ्नुस  ‘एकले बलात्कार गरे, अर्कोले अश्लिल भिडियो बनाएर व्ल्याकमेलिङ’

साउन ३० गते पीडितले इलाका प्रहरी कार्यालय भजनीमा उजुरी दिएपछि भजनीबाट खटेको प्रहरीले विकलाई माघ ८ गते काठमाडौंको तिनकुनेबाट पक्राउ गरेको हो । उनीविरुद्ध अपहरण शरीर बन्धक तथा जबरजस्ती करणी शीर्षकमा मुद्दामा म्याद थप गरेर कारबाहीको प्रक्रिया अगाडि बढाएको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

याे पनि पढ्नुस  १० वर्षीय बालिकाले बलात्कारको प्रतिकार गरेपछि घाँटी रेटेर हत्या गर्ने प्रयास

सानो छोरालाई आफैले लगाएको सर्टले पिठ्युँमा बोकी ठेला गुडाउँदै गरेका विक केही समयअघि सामाजिक सञ्जालमा भाइरल भएका थिए ।

घोडाघोडी नगरपालिका–२ साँडेपानीका उनले छोरो जन्मिएको ४ महिनापछि श्रीमतीले छाडेर गएको र आफैले दुःख गरेर छोरालाई हुर्काइरहेको बताउँदै आएका थिए । भाइरल भएपछि उनको जीवनीमा आधारित ‘बिहानी’ बोलको गीत र भिडियो समेत सार्वजनिक भएको थियो ।

याे पनि पढ्नुस  योगी सरकारको ठूलो घोषणाः यौन दुव्र्यवहारका मुद्दा हेर्न २१८ नयाँ फाष्ट ट्र्याक अदालत स्थापना गरिने

 

कमेन्ट गर्नुहोस्