केटु हिमालको आरोहीहरूकाे सम्मान

काठमाडौं । विश्वको दोस्रो ठुलो शिखर माउन्ट केटुको कीर्तिमानी सफल आरोहण गरेर नेपाल फर्किएका आरोहीहरूलाई सरकारले सम्मान गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आरोहीहरूलाई दोसल्ला र प्रमाण पत्रद्वारा सम्मान गरे । कार्यक्रममा प्रधानमन्त्री ओलीले हिउँदे सिजनमा माउन्ट केटुको सफल आरोहण गरेर विश्व सामु नेपालको चिनारी र पहिचानलाई थप उँचो बनाउने काम प्रशंसा योग्य भएको बताए ।

याे पनि पढ्नुस  अढाइ वर्षपछि मात्र स्थायी बसोबासका लागि बालकोट फर्कन्छु : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले हिमाल आरोहण जो सुकैले गर्न नसक्ने भएकाले हिमाल आरोहण गर्नेहरूका लागि विशेष मानपदवी र विभूषण को व्यवस्था गरिने बताए । प्रधानमन्त्री ओलीले हिमाल आरोहणमा जाँदा सरकारलाई जानकारी गराए सक्दो सहयोग गर्ने बताउँदै हिमाल आरोहण सावधानीपूर्वक गर्न पनि आह्वान गरे ।

याे पनि पढ्नुस  सागले दक्षिण एसियामा एकता र मित्रता अभिवृद्धि गर्ने अपेक्षाः प्रधानमन्त्री ओली

कार्यक्रममा केटु हिमाल आरोहीको नेतृत्व गरेका निर्मल पूर्जाले देशको चिनारीका लागि आफूहरूले हिमाल चढ्ने गरेको भए पनि कहीँ कतैबाट सहयोग नपाएको गुनासो व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्