३०३ सङ्क्रमित थपिए, ६ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसका ३०३ जना सङ्क्रमित थपिएका छन् ।

योसँगै नेपालमा मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७० हजार ९२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

याे पनि पढ्नुस  काठमाडौं उपत्यकामा बढेन जग्गाको मूल्याङ्कन, कहाँ कति ?

देशका विभिन्न अस्पतालबाट २८५ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४०१ जना कोभिडमुक्त भएसँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ६४ हजार ८२३ पुगेको छ । नेपालमा कोरोना निको हुनेको प्रतिशत ९८.०५ पुगेको छ ।

याे पनि पढ्नुस  ‘कोरोनाका कारण ६ करोड व्यक्ति अत्यन्तै गरिबीमा पर्छन्, अर्थतन्त्र पुरानै अवस्थामा फर्किन १० वर्ष लाग्छ’

यस्तै सो अवधिमा ६ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ । सो सँगै मृतकसँगै नेपालमा कोभिडबाट मृत्यु हुने दुइ हजार १७ जना पुगेका छन् ।

हाल तीन हजार २५२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

यस्तै पछिल्लो चौबीस घण्टामा काठमाडौं उपत्यकमा १७२ जना सङ्क्रमित थपिएका छन् ।

याे पनि पढ्नुस  १७९० संक्रमित थपिए, २४ जनाको मृत्यु

कमेन्ट गर्नुहोस्