काठमाडौं । संसद् विघटनको विरोधमा नेपाली कांग्रेसले थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।
आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।
सार्वजनिक आन्दोलनका कार्यक्रमअन्तर्गत माघ १९ गते भ्रातृ संस्था, २४ गते शुभेच्छुक र ३० गते सबै जिल्लामा प्रदर्शन गर्ने गरिनेछ ।