रामेछापकाे स्थानापति माविको कागजात प्रशासनको नियन्त्रणमा

रामेछापः मन्थली नगरपालिका ९ को पुरानागाउँमा रहेको स्थानापति माध्यमिक विद्यालयको कागजात जिल्ला प्रशासन कार्यालय रामेछापले नियन्त्रणमा लिएको छ ।

विद्यालयमा अध्ययनरत दलित र छात्राको नाममा आएको छात्रवृत्ति रकम र विद्यालयको पुस्तकालय व्यवस्थापनका लागि आएको दुवै रकम विद्यालयका प्रधानाध्यापक रामबाबु गिरीले अनियमितता गरेको समाचार बाहिरिएको थियो । समाचार बाहिरिएपछि जिल्ला प्रशासन कार्यालय रामेछापबाट सोमबार प्रशासकीय अधिकृत लेखनाथ खतिवडाको नेतृत्वमा गएको टोलीले विद्यालयका कागजात नियन्त्रणमा लिएको हो ।

याे पनि पढ्नुस  उपचारको लागि सहयोगको अपिल

रामेछापको स्थानापति विद्यालयका विद्यार्थीले ६ वर्षदेखि छात्रवृत्ति पाएनन्

विद्यालयमा अध्ययनरत दलित, छात्रा विद्यार्थीले पाउने छात्रवृत्ति रकम विद्यालय प्रशासनले अन्यत्र खर्च गरेको र पुस्तकालय व्यवस्थापन र लेखासम्बन्धी कागजात प्रशासनले नियन्त्रणमा लिएको छ । प्रशासनले नियन्त्रणमा लिएको कागजात अध्ययन गरेर आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइने प्रशासकीय अधिकृत लेखनाथ खतिवडाले जानकारी दिए ।

याे पनि पढ्नुस  मन्थलीमा बस दुर्घटना एकको मृत्यु २५ घाइते

‘विद्यालयमा अध्ययनरत छात्रा र दलित विद्यार्थीको नाममा आएको छात्रवृत्ति रकम ६ वर्षदेखि वितरण नगरिएको, विद्यालयको पुस्तकालय व्यवस्थापनका लागि आएको रकमसमेत विद्यालयका प्रधानाध्यापक रामबाबु गिरीले अपचलन गरेको भन्ने समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि हामीले त्यस विद्यालयका सबै कागजात नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएका छौँ’, उनले भने ।

याे पनि पढ्नुस  कोरोना पुष्टि भएका २ संक्रमित भागे

कमेन्ट गर्नुहोस्