काठमाडौं : नेपाली क्रिकेट टिमले कतारसँग टी-२० सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले फेब्रुअरी दोस्रो साता कतारसँग टी-२० सिरिज खेल्ने भएको हो ।
कतार र नेपालीबीचको सिरिज ९ फेब्रुअरीदेखि १२ फेब्रुअरीसम्म हुनेछ । सिरिज खेल्न नेपाली टिमले ९, १० र १२ फेब्रुअरीमा कतारसँग सिरिज खेल्ने छ । यो सिरिजमा टिमका महत्वपूर्ण चार सदस्य भने सहभागिता नजनाउने सम्भावना बढी छ ।
पूर्वकप्तान पारस खड्का, सोमपाल कामी, करण केसी र कुशल मल्लले कतारसँगको सिरिज नखेल्ने सम्भावना बढेको हो । टी-१० लिगका लागि यूएईमा रहेकाले उनीहरूले कतारसँगको सिरिज गुमाउने छन् ।
कतारसँगको सिरिज खेल्नुपूर्व केही दिनभित्र बन्द प्रशिक्षण सुरु गरिने क्यानले जनाएको छ । क्यानका अनुसार कतारसँगको सिरिजमा नयाँ अनुहार र अनुभवी खेलाडी मिश्रित टोली पठाइने छ ।