गण्डकीमा कोरोना खोप बुधबारबाट लगाइने

पोखराः गण्डकी प्रदेशमा बुधबारदेखि कोरोनाभाइरस (कोभिड-१९) विरुद्धको खोप कोभिसिल्ड’ लगाइने भएको छ । आइताबार साँझ पोखरा ल्याएको खोप सोमबार र मंगलबार प्रदेशका विभिन्न जिल्लामा पुर्‍याइ सकिएपछि खोप लगाउने तयारी थालिएको हो ।

भारत सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोना विरूद्धको खोप बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले औपचारिकरुमा उद्धाटन गरेपछि फ्रन्टलाइनमा खटिनेहरुका लागि लगाइने स्वास्थ्य निदेशनालय गण्डकीले जनाएको छ ।

पहिलो चरणमा खोप सरकारी, गैरसरकारी, निजी अस्पताल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र अस्पतालको फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारीहरुलाई लगाइनेछ । गण्डकी प्रदेशमा पहिलो चरणमा करिव २० हजार जनालाई ३९ हजार १ सय ३९ डोज भ्याक्सीन लगाइने बताइएको छ ।

याे पनि पढ्नुस  गण्डकीमा थप ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि

गण्डकी प्रदेशका सबै जिल्ला अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, संक्रमक तथा सरुवा रोग अस्पताल पोखरा, मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेजमा एकैसाथ खोप कार्यक्रम शुरुवात गरिने जानकारी गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले जानकारी दिइन् ।

गण्डकी प्रदेशका ११ जिल्लामा पहिलो चरण अन्तर्गत ३९ हजार १ सय ३९ मात्राको खोप प्राप्त भएको छ । यही माघ ९ गते आएको खोप प्रदेशका विभिन्न जिल्लामा पठाइसकिएको सामाजिक मन्त्रालयले जनाएको छ ।

याे पनि पढ्नुस  गण्डकीमा थप ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि

कोभिड९१९ खोपलाई व्यवस्थित रूपमा संचालन गर्न प्रदेश तहमा प्रदेशका प्रमुख सचिवको संयोजकत्वमा विभिन्न मन्त्रालयका सचिवसहितको कोभिड १९ खोप समन्वय तथा अनुगमन समिति र जिल्ला स्तरमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन भएको छ ।

गण्डकी प्रदेशमा अहिले सम्म १ लाख २५ हजार ४ सय ९७ जनाको कोभिड परिक्षण गरिएको छ। त्यसमध्ये १५ हजार तीन सय ३७ जना संक्रमित पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

याे पनि पढ्नुस  गण्डकीमा थप ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि

हाल संक्रमितमध्ये ४ सय ६४ जना मात्र सक्रिय संक्रमित रहेका छन् भने १४ हजार ६ सय ७१ निको भएका छन् । पहिलो चरणमा खोप १४ देखि १८ गतेसम्म १८ वर्ष माथिका प्रन्टलाइनरलाई खोप लगाइने छ। दोस्रो मात्राको खोप एक महिनापछि दिइने बताइएको छ ।

कमेन्ट गर्नुहोस्