नेपाली कांग्रेसले दोस्रो चरणका विरोध प्रदर्शन गर्ने

ललितपुरः नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मङ्गलबार बसेको बैठकले प्रतिनिधिसभा विघटनको विरोधमा दोस्रो चरणका विरोध प्रदर्शन कार्यक्रम सार्वजनिक गरेको छ । माघ १९ गते सोमबार भ्रातृ संस्थाहरू र माघ २४ गते शनिबार शुभेच्छुक संस्थाहरुले ७७ वटै जिल्लामा संयुक्तरूपले विरोध प्रदर्शन र विरोध सभाको आयोजना गर्ने छन् ।

यस्तै, फागुन ३ गते सोमबार जिल्ला कार्यसमितिले जिल्ला सदरमुकाममा विरोध प्रदर्शन र सभाको आयोजना छन् ।
केन्द्रीय कार्यालय सानेपा ललितपुरमा सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले विरोधका कार्यक्रम गर्ने निर्णय गरेको जानकारी पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले दिए ।

याे पनि पढ्नुस  पूर्वसभासद रामेश्वर ढुङ्गेलको निधन

बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध माघ १२ गते विभिन्न क्षेत्रका नागरिकले गरेको प्रदर्शनमा सरकारले बल प्रयोग गरेको घटनाको निन्दा गरेको छ ।

बैठकले प्रधानमन्त्री के.पी. शर्मा ओलीले प्रधानमन्त्री पदको गरिमा राख्न उहाँ असफल भएको निष्कर्ष निकालेको छ । यस्तै, संसारको दोस्रो अग्लो हिमाल के टु’ को सफल आरोहण गर्ने आरोही निर्मल पूर्जासहित दश नेपाली युवालाई यो बैठक उच्च सम्मान हित विशेष बधाई ज्ञापन गरेको छ ।

याे पनि पढ्नुस  निर्वाचनमा उम्मेदवारको टुङ्गो लगाउँदै नेपाली काँग्रेस

बैठकले ७४ जिल्लामा समायोजनको कार्य पूरा गरेकोमा केन्द्रीय निर्वाचन समितिलाई हार्दिक धन्यवाद प्रकट गरेको छ । साथै सिरहा, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, पर्सा, बाँके जिल्लाको केही स्थानको पुनरावलोकन उपरसमेत निर्णय गर्न सोही समितिलाई यथाशीघ्र सम्पन्न गर्ने जिम्मेवारी तोको छ ।

याे पनि पढ्नुस  कांग्रेसका पूर्व सहमहामन्त्री जोशीसहित ३ नेता पार्टीबाट निष्कासित

भ्रातृ सङ्गठनको अवधि थप गरिएका संस्थाहहरूमा नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ्ग संघ र नेपाल ठाकुर समाजको पदावधि समाप्त भएको मितिले ६ महिनाका लागि थप गरेको छ ।

कमेन्ट गर्नुहोस्