जुम्लाको गोठी गाउँमा आगलागी हुँदा २८ घर जलेर नष्ट

सुर्खेतः जुम्लाको तिला गाउँपालिकाको गोठी गाउँमा मंगलबार आगलागी भएको छ । आगलागीबाट २८ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार आगलागी भएको ठाउँतर्फ प्रहरीको टोली गइसकेको छ ।

‘हामीलाई साँझ ६ बजेमात्र जानकारी आएको हो,’ उनले रातोपाटीलाई भने, ‘अहिलेसम्म २८ घर जलेको खबर आएको छ ।’ उनका अनुसार आगो नियन्त्रणमा नरहेका कारण घरहरु अझै जलेको हुन सक्ने आँकलन गरिएको छ । आगलागी भएको गाउँसम्म पुग्न जिल्ला सदरमुकामबाट करिब ४ घण्टा लाग्छ ।

याे पनि पढ्नुस  सुबिशुको बालुवाटार भवनमा भीषण आगलागी

भट्टराईका अनुसार कसरी आगलागी भयो र के कति धनमाल क्षति भयो भन्ने प्रस्ट हुन सकेको छैन ।

कमेन्ट गर्नुहोस्