काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन् । बुधवार राजधानीमा गौतमले नेकपा एकता अभियान घोषणा गरेका हुन् ।
केन्द्रीय सदस्य हरि पराजुली, विघटित संसदकी सांसद तुलसा थापा, बागमती प्रदेश सांसद विनोद खड्का, कीर्तिपुर नगरपालिका मेयर रमेश महर्जन, उपमेयर सरस्वती रिजाल, त्रिविका पूर्वउपकुलपति हिराबहादुर महर्जनलगायत उपस्थित छन् ।
प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि नेकपा दुई समूहमा विभाजन भएको छ ।
प्रतिनिधि सभा विघटनको घटनापछि नेकपा दुई चिरामा बाँडिए पनि गौतम कुनै समूहमा सहभागी भएका छैनन् । ओलीले एक समूह र प्रचण्ड–नेपालले एक समूहको नेतृत्व गरिरहेका छन् । तर, गौतम भने कुनै समूहमा लागेका थिएनन् ।