काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टी फुटेमा हार्नुको विकल्प नरहेको बताएका छन् ।
नेकपा एकता राष्ट्रिय अभियानको घोषणा गर्दै गौतमले नेकपा फुटेमा आगामी चुनाव हारिने र कांग्रेसले बहुमत ल्याउन दाबी गरे । उनले भने, ‘गत निर्वाचनमा तत्कालीन एमाले र माओवादीले ४३ लाख मत पाएको थियो । कांग्रेसले ३३ लाख मत ल्याएको थियो । तर, पार्टी फुटेपछि अब हुने चुनावमा हामी हार्छौं, कांग्रेसले बहुमत ल्याउँछ ।’
बैशाखमा हुने चुनावमा ओली नेतृत्वको नेकपा र दुई वर्षपछि हुने चुनावमा प्रचण्ड–नेपाल समूहको नेकपाले बहुमत ल्याउने गरिरहेको सही नहुने ठोकुवा गौतमको थियो । उनले नेकपा एक हुनुपर्ने र पार्टीलाई फुटबाट जोगाउनुपर्नेमा जोड दिए ।