बझाङमा युवक हत्या प्रकरणः वडाध्यक्षसहित ४ जना पक्राउ

बझाङ । छविसपाथीभेरा गाँउपालिकामा भएको हत्या प्रकरणमा वडा नम्बर २ का अध्यक्ष विकास ऐडीसहित ४ जना पक्राउ परेका छन ।

गाँउपालिका–३ मा रहेको बन्निचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा मंगलबार साँझ विवाद भएपछि सोही ठाँउका लखन भनिने अमृत सिंहको खुँडा प्रहार गरी हत्या भएको थियो ।

याे पनि पढ्नुस  ६ केजी अफिमसहित ४ जना पक्राउ

घटनामा संलग्न वडाध्यक्षसहित ज्ञानबहादुर कडायत, प्रकाश ऐडी र केदार ऐडीलाई पक्राउ गरिएको बझाङका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक रुपक खडकाले बताए ।

बन्निचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिमा नेपाली कांग्रेस निकट प्यानलले जितेपछि असन्तुष्ट भएका नेकपाका कार्यकर्ताले स्थानिय बजारमै सिंहमाथि खुँडा प्रहार गरेका थिए । विद्यालय व्यवस्थापन समितिको चुनावमा नेकपाको तर्फबाट छविसपाथीभेरा गाउँपालिका अध्यक्ष अक्कल धामीका छोरा गजेन्द्र धामी र कांग्रेसको तर्फ बाट लोकेन्द्र बोहरा उम्मेदवार रहेका थिए ।

याे पनि पढ्नुस  बसभित्रै एक लाख चोरी गरेको आरोपमा भारतीय महिला पक्राउ

मंगलबार विद्यालय व्यवस्थापन समितिको चुनाव सम्पन्न भएको थियो । मतको परिणाम काँग्रेसको तर्फबाटका उम्मेदवार लोकेन्द्र बोहोराको पक्षमा आएपछि आक्रोसित बनेका नेकपाका कार्यकर्ताले आफ्ना उम्मेदवार पराजित भएपछि विजयी उम्मेदवारका समर्थक सिंहको हत्या गरेका हुन । हत्या गरिएका सिंह नेपाली काँग्रेसको भातृ संगठन तरुण दल छविसपाथीभेराका सदस्य हुन् ।

गाउँपालिका अध्यक्षका छोराले चुनाव हारेको बदलामा युवकको हत्या

कमेन्ट गर्नुहोस्