प्रचण्ड–नेपालको उद्घोषः माघ २८ गतेको जनप्रदर्शन निर्णायक र हालसम्मकै विशाल हुन्छ

काठमाडौं । संसद् विघटनविरुद्व माघ २८ गते काठमाडौंमा गर्ने जनप्रदर्शन निर्णयक हुने दाबी प्रचण्ड–नेपाल समूहको नेकपाले गरेको छ ।

संसद् विघटनविरुद्ध माघ २८ गते गर्ने जनप्रदर्शनलाई निर्णायक र हालसम्मकै विशाल बनाउने उक्त समूहको दाबी छ ।

माघ २८ गते गर्ने जनप्रदर्शनबारे कार्ययोजना बनाउन बिहीबार बसेको केन्द्रीय संघर्ष समिति सचिवालयको बैठकले जनप्रदर्शनलाई निर्णायक र हालसम्मकै विशाल बनाउने निर्णय गरेको हो ।

अध्यक्षद्वयले संविधान भत्काएर केपी ओलीले चाल्ने कुनै पनि तानाशाही कदमको त्यही रूपमा प्रतिवाद गर्न तयार रहन कार्यकर्ता पंक्तिलाई निर्देशन दिए ।

पेरिसडाँडामा बसेको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माघ २८ को जनप्रदर्शन निर्णायक हुने दाबी गरे । उनले भने, ‘प्रतिगमनका विरुद्धमा जारी आन्दोलनले देशव्यापी जागरण पैदा हुँदै गएको छ । आन्दोलन अझ उचाइमा पुग्दै गएको छ । त्यो आन्दोलन निर्णायक र हालसम्मकै विशाल हुन्छ ।’ प्रचण्डले देश जोगाउन निर्णायक संघर्षमा उत्रनुको विकल्प नरहेको बताए ।

याे पनि पढ्नुस  ओलीलाई हटाउँदै प्रचण्ड बने नेकपा संसदीय दलको नेता

अर्को अध्यक्ष माधवकुमार नेपालले आन्दोलनमा प्राप्त समर्थनका लागि सबैलाई धन्यवाद दिंदै संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र समानुपातिक प्रणालीको रक्षाका लागि आन्दोलन अपरिहार्य रहेकाले जनपरिचालन गर्नुको विकल्प नरहेको बताए ।

सम्बोधनका क्रममा अध्यक्षद्वयले संविधान भत्काएर केपी ओलीले चाल्ने कुनै पनि तानाशाही कदमको सशक्त प्रतिवाद गर्न तयार रहन कार्यकर्ता पंक्तिलाई निर्देशन दिए ।

याे पनि पढ्नुस  संघीयतालाई कमजोर बनाउने प्रयास हुँदैछः अध्यक्ष प्रचण्ड

संसद् विघटनविरुद्ध प्रचण्ड–नेपाल समूहले तेस्रो चरणको आन्दोलन गरिरहेको छ । उक्त समूहले मंगलबार काठमाडौंको लैनचौरमा सिठ्ठी जुलुस निकालेर तेस्रो चरणको आन्दोलन शुरू गरेको थियो ।

उक्त समूहले यसअघि पहिलो र दोस्रो चरणका आन्दोलनका कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको दाबी गरेको छ । तेस्रो चरणको आन्दोलन झनै सशक्त र प्रभावकारी हुने अपेक्षा उक्त समूहको छ ।

यस्ता छन् तेस्रो चरणका आन्दोलनका कार्यक्रमः
माघ १४ देखि २१ गतेसम्मः माइतीघर मण्डलामा संविधान सभा सदस्य, संघीय सांसद तथा प्रदेश सभा सदस्यसहित धर्ना कार्यक्रम ।

याे पनि पढ्नुस  विदेशमा रहेका नेपाली भन्छन्ः संसद् विघटन तानाशाहीको पराकाष्ठा

माघ १६ गतेः जुलुससहित श्रद्धाञ्जली कार्यक्रम दिउँसो १ बजे शान्तिबाटिकाबाट लैनचौर प्रस्थान ।

माघ १५ गतेः बुटवलमा विरोध सभा र प्रदर्शन ।

माघ १६ गतेः विराटनगरमा विरोध सभा र प्रदर्शन ।

माघ १७ गतेः धनगढीमा विरोध सभा र प्रदर्शन ।

माघ २२ गतेः काठमाडौंमा युवा र्याली ।

माघ २६ गतेः देशव्यापी मसाल जुलुस ।

माघ २८ गतेः काठमाडौंमा विरोध प्रदर्शन सभा ।

प्रदेशका राजधानीमा विशिष्ट प्रकारका ठोस कार्यक्रम निरन्तरता दिने ।

समाजका विभिन्न तह र तप्कासँग अन्तरक्रिया कार्यक्रम ।

कमेन्ट गर्नुहोस्