यी हुन् संसारकै फोहोरी मानिस, नुहाएका छैनन् ६५ वर्षदेखि

काठमाडौं । जाडोमा नुहाउन भनेपछि कमैले चासो देखाउँछन् । कतिपयले त दुई तीन हप्तासम्म नुहाउँदैनन् ।

दश वीस दिनसम्म नुहाएको छैन भन्दा हामीले भन्ने गर्छौं– कस्तो फोहोरी होला ?

तर कल्पना गर्नुस्त, कुनै मानिसले दसवीस दिन, या एक दुई महिना होइन, वर्षौं र अझ ६५ वर्षसम्म नुहाएको छैन भन्दा पत्याउनुहुन्छ ?

तर यो खबर भने साँचो हो ।

इरानका अमो हाजी संसारकैं सबैभन्दा कम नुहाउने व्यक्तिमा परिचित छन् ।

८७ वर्षीय हाजी इरानको फार्स प्रान्तको देजगाह गाउँमा बस्ने गर्दछन् । समाचार अनुसार, हाजीलाई नुहाउने कुरासँग निकै डर लाग्छ रे । नुहायो भने बिरामी भइन्छ भन्ने उनको यही डरले विगत ६५ वर्षदेखि उनले नुहाएका छैनन् ।

यति मात्रै कहाँ हो र ? उनलाई त ताजा खाना खाँदा पनि बिरामी भइन्छ भन्ने डर छ । त्यसैले उनले उनले सडेगलेका र पोक्र्युपाइन मासु खाने गर्दछन् । अचम्म त के छ भने उनले जनावरको दिसालाई सुकाएर तम्बाखु जस्तै पाइपमा भरेर चुरोट जस्तै सेवन गर्दछन् ।

हाजीको जीवनमा केही तनावपूर्ण क्षण आएका थिए । त्यसपछि उनलाई यो प्रकारको जीवन बाँच्न बाध्य हुनुपरेको समाचारमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्