संसद् विघटनविरुद्ध धनगढीमा विरोध सभा र प्रदर्शन (फोटोफिचर)

धनगढी । संसद् विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको धनगढीमा प्रदर्शन गरेको छ ।

धनगढी चौराहा र क्याम्पस चौकबाट बाजागाजासहित शुरू र्‍याली खुलामञ्च पुगेपछि विरोध सभा शुरू भएको थियो ।

विरोध सभामा अध्यक्षद्वय प्रचण्ड, माधव नेपाल तथा प्रदेश इन्चार्ज एवं स्थायी कमिटि सदस्य भीम रावललगायत सहभागी छन् । उनीहरूले केहीबरेमा सभालाई सम्बोधन गर्नेछन् ।

याे पनि पढ्नुस  ओली निकट कार्यकर्ताद्वारा नेता सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।
भिडियोः बाबा टिभी

 

नेकपा प्रचण्ड–नेपाल समूहले धनगढीमा आयोजना गर्ने विरोधसभालाई मध्यनजर गरि प्रहरीले कैलालीमा सुरक्षा व्यवस्था कडा गरेको छ । बिहानैदेखि विरोधसभा आयोजना हुने खुलामञ्चसहित चोक–चोकमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन भएका छन् ।

याे पनि पढ्नुस  झाँक्रीलाई पक्राउ गरिएको विरोधमा काठमाडौंमा प्रदर्शन

 

प्रहरीले शंकास्पल व्यक्तिमाथि चेकजाँच समेत गरिरहेको छ । यस्तै धनगढी विमानस्थलको सुरक्षा व्यवस्थामा समेत कडाइ गरिएको छ ।

कमेन्ट गर्नुहोस्