दाङ देउखुरी सेवा समाज कतारको अध्यक्षमा छविलाल बुढाथोकी

दोहा : दाङ देउखुरी सेवा समाज कतारको पाँचौ साधारण सभाबाट छबीलाल बुढाथोकी अध्यक्षमा चयन भएका छन । गत शुक्रबार दोहामा सम्पन संस्थाको पाँचौ साधारण सभाबाट छबिलाल बुढाथोकीको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

कार्यसमितको प्रथम उपाध्यक्ष रण बहादुर केसी, द्धितिय उपाध्यक्षमा राजन चापागाई, महिला उपाध्यक्षमा उषा परियार, महासचिवमा केशब बुढा मगर, सचिवमा गोपाल राज पोख्रेल, कोषाध्यक्षमा मनिषा खड्का, सहकोषाध्यक्षमा छबिलाल परियार चयन भएका छन् ।

त्यस्तै, केन्द्रिय सदस्यमा वसन्त कुँवर, नारायण थापा, मनिरत्न तुलाधर, विष्णु केसी, सूर्यबहादुर कठायत, देवा अधिकारी, शरद पाण्डे, प्रेम चौधरी, साजना स्वोर्णकार, यज्ञ बुढाथोकी, माधव भण्डारी, खेतुलाल थापा छेत्री, जंगबहादुर रोका मगर चयन भएका छन् ।

प्रमुख सल्लाहकारमा हेमराज बस्नेत निर्विरोध चयन भएका छन्।

कमेन्ट गर्नुहोस्