बढ्यो सुनचाँदीको मुल्य

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य बृद्धि भएको छ ।

आज छापावाल सुनको भाउ प्रतितोला ९२ हजार १०० रुपैयाँ तोकिएको छ । यसअघि प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको सुन आज भने १०० रुपैयाँ बढेको हो ।

सोही परिमाणको तेजावी सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको भाउ भने तोलामा ३५ रुपैयाँले बढेको छ ।

हिजो शुक्रबार तोलामा एक हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा एक हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्