प्रदेश १ को अधिवेशन माघ २५ गतेका लागि आह्वान

विराटनगर । प्रदेश १ को हिउँदे अधिवेशन माघ २५ गतेका लागि आह्वान गरिएको छ ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार एक सूचना जारी गर्दै माघ २५ गते आइतबार दिउँसो २ बजे बैठक बस्ने जानकारी दिएका छन् ।

प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेशनको पहिलो बैठक यसअघि माघ ७ गते बसेर स्थगित भएको थियो ।

याे पनि पढ्नुस  प्रचण्डलाई समर्थन गर्दै गगन थापाले भने– ओलीले एकएक आरोपको जवाफ दिनुपर्छ

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र उनको पक्षको नेकपा सकेसम्म संसद् बैठक छल्ने, त्यो नसके चल्नै नदिने तयारीमा लागेको छ । आफूविरूद्ध प्रदेशससभामा दर्ता भएको अविश्वासको प्रस्ताव पारित हुने खतरा देखेपछि मुख्यमन्त्री र उनको समूह यस्तो तयारीमा जुटेको हो ।

याे पनि पढ्नुस  नेकपामा गुट भत्काउँदै प्रचण्ड, शक्तिशाली पार्टीका लागि कसिलो कमाण्ड

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध पुस १२ गते अविश्वासको प्रस्ताव दर्ता भएको थियो । प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावमा ३६ सांसदको हस्ताक्षर छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

 

 

कमेन्ट गर्नुहोस्