प्रतिनिधिसभा विघटनविरुद्ध एकता समाजले गर्‍यो विरोध कार्यक्रम

दोहा :  प्रधानमन्त्री केपी शर्मा ओली सरकारको प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमको विरुद्धमा कतार नेपाली एकता समाजले विरोध कार्यक्रम गरेको छ ।

विरोध कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्दै ओली सरकारको असंवैधानिक, अलोकतान्त्रिक कदमका विरुद्ध सम्पूर्ण देश तथा विदेशमा रहेका हरेक नेपालीले विरोध गर्नुपर्ने बताए । उनले ओलीको अधिनायकवादी कार्यको बिरोधमा एक जुट भएर आन्दोलनमा लाग्नुपर्ने आवश्यकतामा जोड दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अन्तर्राष्टिय नेपाली एकता समाजका महासचिव तथा एकता समाजका सचिवालय सदस्य लुमाकान्त पुनले संघीयताले देशलाई दुर्घटनातर्फ लैँजादै गरेको र ओली सरकारले गरेको यो असंवैधानिक कदमको विरुद्धमा जनतासामु गएर सचेत गराउनु पर्ने र देशलाई दुर्घटनाबाट बचाउनु पर्ने बताए ।

याे पनि पढ्नुस  प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सरकारी पक्षको बहस शुरू

अनलाइनबाट गरिएको विरोध कार्यक्रममा विभिन्न विभाग, एरिया इकाईबाट प्रतिनिधिको सनैया डी एरिया समितिका अध्यक्ष टेकराज थापा, दोहा एरिया गिरी काउछा, सलाता एरिया तेज वीर घर्ति, सनैया सि एरिया भुपेन्द्र चन्द, अल्खोर एरिया देपेश भन्डारी, रक्तिम बिभाग बल्देव राना लगाएतको सहभागी रहेको थियो भने वुद्धिजीवी विभागका अध्यक्ष हरि शर्मा, केन्दीय कोषाध्यक्ष लक्ष्मण कोइराला, केन्द्रीय सदस्य कमल आचार्य, केन्द्रीय सदस्य हुमाकान्त आचार्य, खगेस्वर भुसाल लगाएतले मन्तव्य राखेका थिए । एकता समाजका महासचिव खिम बुढाको संचालन र अध्यक्ष बिष्णु थापा क्षेत्रीको अध्यक्षतामा गरेको विरोध कार्यक्रममा रामप्रसाद पराजुलीले स्वागत मन्तव्य राखेका थिए ।

याे पनि पढ्नुस  प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दैमा, अर्काे सुनुवाइ सोमबार

विरोध कार्यक्रममा अन्तर्राष्टिय नेपाली एकता समाजका अध्यक्ष आन्द शर्मा, अखिल नेपाल महिला संघकी कोषाध्यक्ष रितु केसी, कुवत नेपाली एकता समाका उपाध्यक्ष दिनेश शर्मा, खुम रायमाझी, साउदी एकता समाजका अध्यक्ष राजकुमार धिताल लगायतको उपस्थिति थियो ।

कार्यक्रम समापन गर्दै अध्यक्ष थापाले ओली सरकारको असंवैधानिक, अलोकतान्त्रिक कदम र भ्रष्टाचारविरुद्ध संघर्षको बारेमा स्पष्ट पार्दै गणतन्त्र र राष्ट्रियताको रक्षासँगै संघीयता खारेजीका लागि एकजुट हुन सम्पूर्ण नेपालीलाई अनुरोध गरेका थिए ।

याे पनि पढ्नुस  प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

कमेन्ट गर्नुहोस्