१६४ वर्ष पुग्यो अक्सफोर्ड डिक्सनरी, पढ्नुस ६४ सयदेखि ६ करोड शब्दसम्मको रोचक इतिहास

काठमाडौं । अंग्रेजी भाषामा रुचि हुनेहरुका लागि अक्सफोर्ड लर्नर डिक्सनरी निकै प्रिय पुस्तक हो ।

आजभोली यो डिक्सनरी जतासुकै किन्न पाइने भएपनि कुनै बेला यो पुस्तक हुनेहरु भाग्यमानी नै मानिन्थे ।

हरेक विद्यार्थीको पढाई जीवनको एउटा अंशका रुपमा रहेको यो डिक्सनरी पहिलोपटक प्रकाशित भएको आज १६४ वर्ष पुगेको छ ।

तर त्यतिबेला यो अहिलेको जस्तो शब्दहरुले भरिएको भने थिएन ।

सन् १८५७ देखि तयारी गरेर पहिलोपटक १ फेब्रुअरी १८८४ मा पहिलोपटक यो डिक्सनरी प्रकाशित भएको थियो ।

त्यो बेला लण्डनको फिलोलजिकल सोसाइटीका मानिसहरुले व्यवस्थितरुपमा अंग्रेजी डिक्सनरी बनाउने सोचाई विकास गरेका थिए । पहिलो संस्करणमा ११ औं देखि १८ औं शताब्दीमा प्रचलित एंग्लो–सेक्सोन शब्दहरु समावेश गरिएका थिए । ४ भोलुममा तयार गरिएको पहिलाे डिक्सनरीमा ६४ सय भन्दा बढी शब्द राखिएका थिए ।

यसको ४० वर्षपछि डिक्सनरीलाई पूर्णता दिइएको थियो । १९२८ मा यो पूर्ण डिक्सनरीमा ४ लाख भन्दा बढी शब्द समावेश गरिए भने यसलाई १० भोलुममा प्रकाशित गरियो ।
१९२८ मा प्रकाशित डिक्सनरीको शीर्षक अ न्यू इंग्लिश डिक्शनरी ऑन हिस्टोरिकल प्रिंसिपल (A NEW ENGLISH DICTIONARY ON HISTORICAL PRINCIPLES) थियो । त्योबेलादेखि हरेक वर्ष यसमा अन्य भाषाका शब्दहरु पनि समावेश गर्न थालिएको छ ।

यो डिक्सनरी हरेक वर्ष अपडेट गरिन्छ । सन् १९८४ मा डिक्सनरीको इलेक्ट्रोनिक संस्करण ल्याउने कुरा सोचियो । यसका लागि १२० जनाले डिक्सनरीका शब्द टाइप गरे भने ५० जना प्रुफ रिडर राखिए ।

वर्ष २००० देखि भने यसको अनलाईन संस्करण पनि सक्रिय छ ।

अहिले भने अक्सफोर्ड डिक्सनरीका २० भोलुम रहेका छन् भने यसा करिब ६ कराेड शब्द रहेका छन् । यसको भार ६२ किलोभन्दा बढी छ । यो डिक्सनरीमा रहेका सबै शब्द टाइप गर्न १२० वर्ष भन्दा बढीको समय लाग्न सक्ने बताइन्छ ।

कमेन्ट गर्नुहोस्