प्रचण्ड र नेपाल समूहद्धारा निर्वाचन आयोगमा दलको आधिकारिकता दाबी पेस

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगमा दलको आधिकारिकता दाबी पेस गरेको छ ।

त्यसका लागि मंगलबार आयोगमा अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायतका नेताहरू पुगेका थिए ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार दलको आधिकारिकता दाबी पेस गरिएको वरिष्ठ नेता खनालले जानकारी दिए ।

याे पनि पढ्नुस  पुष २७ गते अघि नै सभामुखको टुङ्गो लाग्छः शर्मा

उनका अनुसार २ वटा केन्द्रीय कमिटीको बैठकबाट आफूहरूसँग बहुमत रहेको भन्ने प्रमाणित भइसकेकोले आवश्यक कागजातसहित दाबी पेस गरिएको छ ।

सोमबार बसेको सो समूहको केन्द्रीय समितिको बैठकले आयोगमा आधिकारिकता दाबी गर्न जाने निर्णय गरेको थियो ।

निर्वाचन आयोगले पुरानो ४ सय ४१ केन्द्रीय सदस्यलाई आधिकारिक मानेको भएकाले २७५ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित दाबी पेश गरिएको छ ।

याे पनि पढ्नुस  राष्ट्रिय सभा निर्वाचनमा नेकपा र राजपाले तालमेल गर्ने

बहुमत केन्द्रीय सदस्यहरु आफूसँगै रहेको भन्दै प्रचण्ड–माधव समूहले आफूहरुले नै आधिकारिकता पाउनुपर्ने दाबी गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्