काठमाडौं । चीनमा ८० जनाभन्दा बढी मानिसलाई कोरोना भाइरसको नक्कली खोप बनाएको आरोपमा प्रहरीले पक्राउ गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
राजधानी बेइजिङ र पूर्वी चीनका विभिन्न स्थानमा छापा मारेर झन्डै ३,००० मात्रा नक्कली खोप बरामद भएको छ ।
त्यस्तो नक्कली काम गत सेप्टेम्बरदेखि सुरु भएको अनुमान गरिएको छ । यो साताको अन्तिमतिर चिनियाँ नववर्षको उत्सव सुरु हुनुअघि चीनले पाँच करोड मानिसलाई कोभिड खोप दिन खोजेको छ ।
विगतमा चीनमा म्याद सकिएका खोप वितरणसहित विभिन्न खालका जनस्वास्थ्यसँग सम्बन्धित विवादहरू उत्पन्न भएका थिए ।