१७१ संक्रमित थपिँदा २५९ जना डिस्चार्ज, १ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १७१ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार २८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये २ हजार ४०० जना सक्रिय संक्रमित छन् ।

गत २४ घण्टामा एकजना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार ३० पुगेको छ ।

गत २४ घण्टामा २५९ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६६ हजार ८५९ पुगेको मन्त्रालयले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस्