काठमाडौं: यूएईमा जारी चौथो संस्करणको टी-१० लिगअन्तर्गत मराठा अरेबियन्सविरुद्ध कलन्दर्स चार विकेटले विजयी भएको छ ।
मराठाले दिएको १ सय २ रनको लक्ष्य कलन्दर्सले ८.१ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।
उसका लागि सरजील खानले २८, कप्तान सोहल अख्तरले २०, आशिफ खलिले १०, बेन डंकले अविजित २६ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
बलिङमा यामीन अहमदजाईले दुई, सोमपाल कामी, इशान मलोहत्रा, सोयब मलिकले एकरएक विकेट लिए ।
त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको मराठाले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर १ सय १ रन बनायो ।
उसका लागि मोहम्मद अफीजले ४४, सोयब मलिकले २३, अब्दुल शाकूरले ११, लौरी इभन्सले ९, कप्तान मोसाद्देक ओसेन र मुक्तर अलिले ४/४ रन बनाए ।
सोमपाल कामीले भने आज पनि ब्याटिङको मौका पाउन सकेनन् । उनले ब्याटिङको मौका नपाएको यो लगातार चौथो म्याच हो ।
बलिङमा सोहेल तनवीरले तीन, सुल्तान अहमद र अहमद दानियलले एकरएक विकेट लिए ।
जारी प्रतियोगितामा मराठाले चार म्याच खेल्दा एकमा जित र तीन खेलमा हारको सामना गरेको छ ।