धरान । प्रचण्ड–नेपाल समूहको आम हड्तालका कारण प्रदेश १ सुनसान बनेको छ ।
त्यहाँ लामो दूरीका सवारीसाधन सञ्चालन हुन सकेका छैन । केही संख्यामा छोटो दूरीमा यातायात सञ्चालन भइरहेको छ ।
बिहीबार बिहानैदेखि प्रचण्ड–माधव समूहका नेता, कार्यकर्ता सडकमा निस्किएका छन् ।
प्रदेश प्रहरी प्रमुख ईश्वरबाबु कार्कीले बन्दका कारण केहीबेर स्थिति तवानग्रस्त भए पनि अहिले शान्त रहेको बताए ।
धरानमा प्रदर्शनकारी र मजदुरबीच घम्साघम्सी भएको थियो ।
संवैधानिक निकायमा सरकारले बलजफ्ती नियुक्ती गरेको विरोधमा नेकपाको प्रचण्ड–नेपाल समूहले आज देशव्यापी आम हड्ताल घोषणा गरेको छ । यसको प्रभाव देशैभरि परेको छ ।