मकवानपुरका १,२१९ जनाले लगाए कोरोनाविरुद्धको खोप

मकवानपुरः मकवानपुरमा १ हजार २१९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार खोप लिनेको स्वास्थ्य अवस्था सामान्य छ । यही माघ १४ गतेदेखि शुरु भएको कोरोना भाइरसविरुद्धको खोप अभियान जारी छ ।

हालसम्म प्रत्यक्ष उपचारमा संलग्न व्यक्तिहरु, खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक र चालक, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, स्वयंसेवक तथा शव व्यवस्थापनमा खटिएकाहरूलाई खोप लगाइएको कार्यालयले जनाएको छ ।

याे पनि पढ्नुस  कुलेखानीबाट दैनिक १०६ मेगावाट विद्युत् उत्पादन

कमेन्ट गर्नुहोस्