पोखरामा बन्चरो प्रहार गरी श्रीमतीको हत्या

कास्कीः पोखरामा एक व्यक्तिले बन्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्। कास्कीको पोखरा महानगरपालिका ३३ उपल्लो पुँडीका ५० वर्षीय गमबहादुर पुनले , श्रीमती ४२ वर्षीया हरिमाया पुनको हत्गा गरेका हुन् ।

हरिमाया आफ्नै सुत्ने कोठामा मृत फेला परेकी थिइन्। हत्या अभियोगमा प्रहरीले गमबहादुर पुनलाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ परेका पुनले बिहीबार बेलुका खाना नबनाएको विषयमा उनीहरुको झगडा भएको प्रहरीलाई बताएका छन्।

याे पनि पढ्नुस  खुर्पा प्रहार गरी ससुराको हत्या

 

कमेन्ट गर्नुहोस्