साताको पहिलो दिन सेयर बजारमा नयाँ रेकर्ड

काठमाडौं : आइतबार सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक र सेयर कारोबार रकम दुबैले बजारमा नयाँ रेकर्ड राखेको हो ।

सेयर कारोबार मापक नेप्से परिसूचक ४८ दशमलव ७४ अंकले वृद्धि भएर २ हजार ५ सय २४ अंकमा पुगेको छ । जुन हालसम्मै उच्च हो ।

याे पनि पढ्नुस  सेयर बजारमा सकारात्मक सर्किट ब्रेक

सेयर कारोबार रकम पनि १० अर्ब ४४ करोड रुपैयाँ नाघेको छ । यस अघि ९ अर्ब १५ करोड रुपैयाँ हाराहारीमा रहेको रेकर्ड तोड्दै आइतबार सेयर कारोबार रकममा पनि नयाँ रेकर्ड कायम भएको हो ।

पछिल्लो समय बजारमा देखिएको लगानीकर्ताको आकर्षणले दिनदिनै जस्तो नयाँ रेकर्ड राख्न थालेको मर्चेन्ट बैंकर एशोसिएसनका अध्यक्ष बताउँछन् । पछिल्लो समय लगानीकर्ताहरु बजारप्रति सकारात्म्क देखिएका छन् ।

याे पनि पढ्नुस  सेयर बजार ८ अंकले घट्यो

बैंकको ब्याजदर सस्तो हुनुका साथै लगानी योग्य रकममा भएको पर्याप्तताका कारण पनि सेयर बजारलाई सकारात्मक असर परेको छ । आइतबार धेरै लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् ।

आधा दर्जन भन्दा धेरै लघुवित्त वित्तीय संस्थाहरूको सेयर मूल्य आइतबार १० प्रतिशतले वृद्धि देखिएको छ । अन्य धेरै कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ ।

याे पनि पढ्नुस  सेयर बजार ११.७६ अंकको सुधार

कमेन्ट गर्नुहोस्