वैशाख १७ गते ४० र २७ गते ३७ जिल्लामा चुनाव गर्ने निर्णय

सोमबार बसेको मन्त्रिपरिषदको बैठक ।

काठमाडौं । सरकारले आगामी वैशाख १७ गते देशका ४० र २७ गते बाँकी ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो । वैशाख १७ गते प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका ४० जिल्ला र वैशाख २७ गते कर्णाली, बागमती र प्रदेश १ का ३७ जिल्लामा चुनाव गर्ने निर्णय मन्त्रिपरिषदको बैठकले गरेको हो ।

याे पनि पढ्नुस  प्रधानमन्‍त्री ओलीको पिसाब नलीमा राखिएको ‘स्टन्ट’ निकालियो

पुस ५ गते संसद् विघटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेका थिए । संसद् विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।

कमेन्ट गर्नुहोस्