ह्वात्तै बढ्यो सुनको मूल्य

काठमाडौं । मंगलबार सुनको मूल्य १५ सयले बढेको छ । सोमबार ९० हजार चार सयमा कारोबार भएको सुन मंगलबार प्रतितोला ९१ हजार ९ सय रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बढ्दा तेजाबी सुनको मूल्य पनि बढेको छ । सोमबार ८९ हजार ९५० सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन प्रतितोला १४५० ले बढेर ९१ हजार ४ सय रुपैयाँ पुगेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य ४० रुपैयाँले घटेर प्रतितोला १३४० रुपैयाँ कारोबार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्