बृहत् प्रदर्शनबारे छलफल गर्न प्रचण्ड–नेपाल पक्षको सचिवालय बैठक बस्दै

काठमाडौं । संसद् विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव कुमार नेपाल पक्षले माघ २८ भालि काठमाडौंमा गर्ने बृहत् प्रदर्शनबारे छलफल गर्न सचिवालय बैठक बस्दैछ ।

अहिले केहीबेरमा पेरिसडाँडामा बस्ने बैठकमा भोलिको सभाको तयारी र वक्ताबारे निर्णय हुनेछ ।

भोलि हुने प्रदर्शन निर्णायक, ऐतिहासिक र अहिलेसम्मकै ठूलो हुने दाबी गरिएको छ ।

याे पनि पढ्नुस  प्रचण्डले एक वर्ष अघि नै भनेका थिएः मलाई हेगको धम्की नदिए हुन्छ (भिडियो)

प्रदर्शनीमार्गमा हुने प्रदर्शनका लागि तयारी अन्तिम चरणमा पुर्याएको उक्त पक्षले काठमाडौंका मुख्य ५ स्थानबाट जुलुस निकाल्ने जानकारी दिइसकेको छ । त्यसका लागि कमाण्डर तोकिसकिएको छ ।

प्रचण्ड-माधव पक्षको फेरि बृहत् प्रदर्शन : ५ ठाउँबाट जुलुस निकालिने, कमाण्डर पनि तोकियो

कमेन्ट गर्नुहोस्