काठमाडौं । नेकपाका अध्यक्ष ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले बनाएका दुईजना मन्त्री फर्कने दावी गरेका छन् ।
बुधबार नेकपा प्रचण्ड–नेपाल पक्षले संसद् विघटनविरुद्ध गरेको विरोध सभामा उनले सो दावी गरेका हुन् । प्रचण्डले ती मन्त्रीहरूको नाम खुलाएनन् । तर, मन्त्रीबाट फर्कने विषयमा कुरा चलिरहेको बताए ।
उनले भने, ‘केपी ओलीलाई छोड्ने मान्छेको लाम लागेको छ । अरु त अरु, दुई जना मन्त्री पनि फर्कन मसँग वार्तामा छन् ।’