ब्रिटेनको अर्थतन्त्र गत वर्ष १० प्रतिशतले सङ्कुचित

काठमाडौं । गत वर्ष ब्रिटेनको अर्थतन्त्र झन्डै १० प्रतिशतले सङ्कुचित भएको आधिकारिक आँकडाहरूले देखाएका छन्।

ब्रिटिश अर्थतन्त्रमा यति धेरै वार्षिक सङ्कुचन भएको यो हालसम्मकै पहिलो पटक हो।

कोरोनाभाइरस महामारीका कारण धेरै मृत्यु भएको र धेरै आर्थिक दुष्प्रभाव परेको देशहरूमध्ये ब्रिटेन अगाडि छ।

याे पनि पढ्नुस  ब्रिटेन पनि ‘लकडाउन', नियम नमान्नेलाई जरिबाना

गत वर्षको अन्त्यतिर अर्थतन्त्रमा थोरै विस्तार भएको भएपनि त्यसपश्चात् त्यहाँ पुन: लकडाउन गरिएकाले सन् २०२१ को पहिलो त्रैमासिकमा पनि ब्रिटेनको अर्थतन्त्र थप सङ्कुचित भएको हुनसक्ने ठानिएको छ।

कमेन्ट गर्नुहोस्