२ करोड बढीको तस्करीका सामान बरामद

नेपालगञ्ज । चालु आर्थिक वर्षको गत सात महिनाको अवधिमा बाँके प्रहरीले भारतबाट तस्करी गरेर नेपाल भित्र्याइएका २ करोड रुपैयाँ भन्दा बढीका मालसामान पक्राउ गर्न सफल भएको छ ।

कोरोना कहरका कारण गरिएको लामो बन्दाबन्दीको बेला पनि भारतबाट हुने अवैध आयात र तस्करी जारीनै रहेकोले जिल्लाका विभिन्न नाकाबाट भित्रयाईएका २ करोड ३ लाख ६७ हजार ६२१ रुपैयाँको विभिन्न माल सामान नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

याे पनि पढ्नुस  दुलही बनाएर चीनतर्फ ‘तस्करी’

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख ओम बहादुर रानाले कोरोना महामारीका कारण यहाँस्थित नेपाल भारत सीमाना लामो समय बन्द रहेको बेलामा समेत तस्करी र अवैध आयात भने नरोकिएको बताए ।

उनले सीमानामा तस्कर र अवैध आयात गर्नेहरु निकै सक्रिय हुन थालेपछि प्रहरीले पनि नाका र सो वारिका क्षेत्रमा अत्याधिक कडाई गरेपछि यति ठुलो परिमाणमा मालसामान बरामद गर्न सफल भएको बताए ।

याे पनि पढ्नुस  ‘बलि दिन’ किशोरी तस्करी !

प्रहरी कडाई बढ्दै गएकोले नै चालु आर्थिक वर्षको सात महिनामा २ करोड ३ लाख रुपैयाँ भन्दा बढीका सामानहरु नियन्त्रणमा लिई नेपालगञ्ज भन्सार कार्यालयमा बुझाई राजस्व बृद्धिमा सहयोग गरिएको एसपी रानाले बताए ।

तस्करी र अवैध आयात विरुद्ध कडाईमा उत्रिएको प्रहरीले अपराध नियन्त्रणका साथै अन्य विभिन्न गैर कानुनी काममा संलग्नहरुलाई पनि पक्राउ गर्दै आएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

याे पनि पढ्नुस  काठमाडौं वन्यजन्तुका अंग तस्करीको हब बन्दै

कमेन्ट गर्नुहोस्