दैलेख : बलात्कार आरोपमा दैलेखमा एक जना जनप्रतिनिधि पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुल्लु नगरपालिकाका–५ का निर्वाचित वडासदस्य प्रकाश पोखरेल हुन् ।
अहिले आरोपित पोखरेललाई बचाउनेको लागि जिल्लादेखी केन्द्रिय स्तरका नेता कार्यकर्ताले पीडितलाई दबाब दिन थालेको पीडित पक्षले गुनासो गरेका छन् ।
भारतमा मजदूरी गर्ने एक महिला सुतिरहेको अवस्थामा गएराति जबरजस्ती ढोका खोली बलात्कार गर्न खोज्दा पीडित महिला चिच्याएपछि छिमेकीले आरोपितलाई नियन्त्रणमा लिएका थिए ।
स्थानीयले राति नै तत्कालै प्रहरीलाई बुझाइएकोेमा आरोपित दुल्लू इलाका प्रहरी कार्यालयमा थुनामा राखिएको छ ।
मुद्दा दिनबाट रोक्नु दुल्लूको दरबार होटलमा रोकिएको श्रोतले जानकारी दिएको छ ।