एलिजा गौतमले मुख्य पात्रको रुपमा अभिनय गर्ने भनिएको चलचित्र ‘घिन्ताङ’ छाडेपछि उक्त चलचित्रमा अभिनेत्री लक्ष्मी बर्देवा अनुबन्धित भएकी छिन्।
निर्देशक दिपक श्रेष्ठले केही महिना अगाडि घिन्ताङ नामक फिल्मको घोषणा गर्दे अभिनेत्री एलिजा गौतम अभिनेता गौरब पहारी अनुबन्धित भएको जानकारी गराएका थिए।
यद्यपी अभिनेत्री एलिजाले आफ्नो बुवा बिरामी परेका कारण आफू क्यानडा जाने भन्दै चलचित्र छाडेको घोषणा गरेकी हुन्। लगत्तै निर्माण पक्षले कलाकार लक्ष्मी बर्देवालाई चलचित्रमा प्रवेश गराएको हो।