संविधानमा के लेखेको छ, त्यतिमात्र हेरेर संसद् विघटनको मुद्धामा फैसला हुनुपर्छः कार्की

काठमाडौं । वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संसद् विघटनको मुद्धामा फैसला गर्दा संविधानमा के लेखेको छ, त्यतिमात्र हेनुपर्ने बताएका छन् ।

संवैधानिक इजलासमा मंगलबारदेखि सुरु भएको एमिकस क्युरीको राय लिने क्रममा वरिष्ठ अधिवक्ता कार्कीले भने, ‘निर्णय दिँदा के लेख्या छ त्यतिमात्र हेर्नुपर्छ । अन्त हेर्ने होइन । एउटा लेख्या छ अर्को होला भन्न पाइन्न । जे लेख्या छ त्यही हेर्ने हो ।’

याे पनि पढ्नुस  के हो संवैधानिक इजलास, कसरी हुन्छ सुनुवाई ?

उनल् अगाडि भने, ‘व्याख्या श्रीमानहरुले गर्ने हो । ब्याख्याको पनि कानुन छ । त्यहीअनुसार मैले गरेको व्याख्या मिल्यो कि मिलेन भनेर जाँच गर्ने हो । ‘विधायकी मनसाय के थियो ? त्यही अनुसार बुझ्नुपर्छ ।’

कार्कीले संविधानबारे राष्ट्रपति र सरकारको बुझाइ एक किसिमको र अरुको बुझाइ अर्कै रहेको बताए । कार्कीले संविधान निर्माणका क्रममा के छलफल भएको थियो भन्नेमा नभई के लेखिएको छ भन्नेमा आधारित हुनुपर्ने सुझाव दिए ।

याे पनि पढ्नुस  पेरिसडाँडामा आकस्मिक पत्रकार सम्मेलन गर्दै प्रचण्ड–नेपाल समूह

प्रतिनिधिसभा विघटनविरुद्ध संविधान लेखनमा संलग्न दलहरू नै आन्दोलनमा रहेको कार्कीको भनाइ थियो । ’जसले संविधान बनाए, जसले लागु गर्नुपर्ने थियो, अभ्यास गरे, उनीहरू संविधान समाप्त हुन लाग्यो भनेर आन्दोलनमा उत्रिएका छन् । उनीहरूले हामीले बनाएको संविधान दुर्घटनामा प¥यो भनिरहेका छन्,’ उनले भने ।

यो विषयको निर्क्योल गर्नुपर्ने गम्भीर जिम्मेवारी संवैधानिक इजलाससामु रहेको पनि उनको भनाइ थियो ।

याे पनि पढ्नुस  ओली सरकारकै मन्त्रीको स्पष्टोक्तिः संसद् विघटनबारे संविधानमा स्पष्ट प्रावधान छैन, सरकार कामचलाउ भइसक्यो

संसदीय व्यवस्थामा संसद्को पहिलो काम सरकार गठन गर्ने, सरकार संसद्प्रति उत्तरदायी र जवाफदेही हुने मान्यता रहेको उनको भनाइ थियो । सरकारले संसद्को विश्वासमा काम गर्नुपर्ने, विश्वास छ कि छैन भन्नेबारे विश्वासको मत लिनुपर्ने तथा जसले सरकार हटाउन चाहन्छ उसले संसद्मा अविश्वासको मत पारित गर्नुपर्ने व्यवस्था रहेको कार्कीले बताए ।

कमेन्ट गर्नुहोस्