नासाको खतरनाक मिसनः पर्सीभेरेन्स मार्स रोभर आज मंगल ग्रहमा उत्रिने

काठमाडौं । अमेरिकी स्पेस एजेन्सीको नासाको पर्सीभेरेन्स रोभरले जीवनको सम्भावनाको खोजी गर्दै मंगलग्रहमा अवतरण गर्ने भएको छ । आज राती दुईदेखि तीनबजेका बीच यो मंगलको सबैभन्दा खतरनाक सतह जजीरो क्रेकटरमा अवतरण गर्ने छ ।
यो सतहमा कुनै बेला पानी हुन गर्दथ्यो । नासाले इतिहासमा यो नै रोभरको सबैभन्दा सही अवतरण हुने बताएको छ । पर्सीभरेन्सले लाल ग्रहबाट चट्टानका नमूना पनि लिएर आउनेछ ।
पार्सिभरेन्स मार्स रोभर र इन्जिन्यूटी हेलिकप्टरले मंगल ग्रहमा कार्बनडाइअक्साइडबाट अक्सिजन बनाउने काम गर्नेछन् । यसले जमिनको मुनि जीवनको संकेतका अतिरिक्त पानीको खोजी र त्यससँग सम्बन्धित जाँच पनि गर्नेछ । यसका साथै यसले मौसम र जलवायुको पनि अध्ययन गर्नेछ ।

याे पनि पढ्नुस  ४० करोड किमि यात्रा तय गर्दै ७ महिनामा मंगल ग्रहमा पुग्यो नासाको रोभर, ऐतिहासिक कदम भन्दै खुशियाली

यसअघि पनि नासाका चार रोभरहरु मंगलग्रहका सतहमा उत्रिसकेका छन् । यो अहिलेको भनो चौथो पिंढीको रोभर हो । यसअघि सन् १९९७, २००४ र २०१२ मा पनि स्याटेलाइटहरु पठाइएका थिए ।
नासाको मार्स मिशनको नाम पर्सीभेरेन्स मार्स रोबर र इन्जिन्यूटी हेलिकप्टर रहेको छ । पर्सीभरेन्स रोभर एक हजार किलोको रहेको छ । यो परमाणु उर्जाले चल्छ । यसमा पहिलोपटक प्लुटोनियमयलाई इन्धनका रुपमा प्रयोग गरिँदैछ । यो रोभर मंगल ग्रहमा १० वर्षसम्म काम गर्नेछ । यसमा ७ फीटको रोबोटिक आर्म, २३ क्यामेरा र एउटा ड्रिल मेसिन छ । हेलिकप्टरको तौल भने २ किलो रहेको छ ।

याे पनि पढ्नुस  ४० करोड किमि यात्रा तय गर्दै ७ महिनामा मंगल ग्रहमा पुग्यो नासाको रोभर, ऐतिहासिक कदम भन्दै खुशियाली

कमेन्ट गर्नुहोस्