पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध अनेरास्ववियूद्वारा क्याम्पसहरु अगाडि प्रदर्शन, १ बजे आयल निगम घेरिने

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिविरुद्ध अनेरास्ववियूले आन्दोलन शुरु गरेको छ ।

मूल्यबृद्धिको बिरोध गर्दै आज देशैभरीका सबै क्याम्पस अगाडि प्रदर्शन गरिएको हो ।

विद्यार्थीहरुले जनताको ढाड सेक्नेगरी सातामा दुईपटक मूल्यबृद्धि गरेको बिरोध गर्दै तत्काल फिर्ता लिन चेतावनी दिएका छन् । कतिपय स्थानमा टायर बालेर विद्यार्थीहरुले सरकारविरुद्ध नाराबाजी गरेका छन् ।

याे पनि पढ्नुस  मूल्यवृद्धि र आयोगविरुद्ध अनेरास्ववियुको मुर्दा जुलुश, बेवास्ता गरिए आन्दोलनको चेतावनी

मूल्यवृद्धिकै बिरोधमा आज अनेरास्ववियूले दिउँसो १ बजे आयल निगमको कार्यालय घेराउ गर्ने बताएको छ ।

अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले दिउँसो १ बजे निगमको कार्यालय घेराउ गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा ज्ञापनपत्रसमेत बुझाइने जानकारी दिए ।

नेपाल आयल निगमले गत फागुन चार गते डिजेल, पेट्रोल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँको दरले बढाएको थियो ।

याे पनि पढ्नुस  ‘अनेरास्ववियुको एकीकरणप्रति असन्तुष्ट विद्यार्थीको माग सम्बोधन हुन्छ’

त्यसअघि गत माघ २८ गते पनि खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ तथा पेट्रोल र डिजेलमा प्रतिलिटर दुई रुपैयाँको दरले मूल्य वृद्धि गरेको थियो ।

कमेन्ट गर्नुहोस्