ललितपुर महानगरपालिकाद्वारा गौतमबुद्ध रङ्गशाला निर्माणका लागि २० लाख सहयोग

काठमाडौंः चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ललितपुर महानगरपालिकाले २० लाख रुपैयाँ सहयोग गरेको छ ।

शुक्रबार महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले धुर्मुस-सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)लाई २० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा फाउण्डेशनका अध्यक्ष धुर्मुसले अप्ठेरो परिस्थितिमा ललितपुर महानगरपालिकाले गरेको सहयोगले रङ्गशाला निर्माणमा सहयोग पुग्ने बताए ।

याे पनि पढ्नुस  विवाहको खर्च कलेज र पुस्तकालयलाई सहयोग

रङ्गशाला निर्माणका लागि देशभरका विभिन्न पालिकाबाट सहयोग प्राप्त हुने क्रम बढ्दै गएको पनि फाउण्डेशनका अध्यक्ष कट्टेलले बताए । महानगरपालिकाको सहयोगबाट रङ्गशाला निर्माणका लाथि ऊर्जा थपिएको पनि उनले बताए ।

रङ्गशाला निर्माण गरेर जिम्मेवार नागरिकको भूमिका निर्वाह गरी सरकारलाई सहयोग गर्न पाउँदा खुसी लागेको फाउण्डेशनका अध्यक्ष कट्टेलको भनाइ छ ।

याे पनि पढ्नुस  जनगायक शर्माका छोराको उपचारका लागि सहयोग जुट्नेक्रम जारी

यसै आर्थिक वर्षभित्र तीन हजार क्षमताको प्याराफिटसहितको रङ्गशाला निर्माण भइसक्ने र सकेसम्म छिटो सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने योजनाका साथ काम भइराखेको उनले बताए ।

कमेन्ट गर्नुहोस्